newskoseli.Com

कोरोना संक्रमणबाट बेलायतमा नेपालीको मृत्यु, ४ दिनपछि मात्र पुष्टि

कोरोनाभाइरस (कोभिड– १९) बाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मंगलबार मृत्यु भएका उनको उनको कोरोनाभाइरसको संक्रमणबाटै निधन भएको पुष्टि शनिबार मात्रै भएको छ ।

बेलायत बस्दै आएका पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो । खाँदबारी नगरपालिका– १०, संखुवासभाका उनी लण्डनको साउथ ह्यारोमा बस्दै आएका थिए । लण्डनस्थित नर्थविक पार्क अस्पतालमा राईको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको परिवार आइसोलेसनमा रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर