newskoseli.Com

आइसोलेसनमा रहेका युवकको मृत्यु : कोरोना हो या होइन पुष्टि हुन बाँकी

आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान ७ बजे निधन भएको छ । ज्वरो र रुघाखोकीले ग्रस्त वीरगञ्जका ती युवकको उपचारकै क्रममा भएको निधन कोरोनाबाट भएको हो या होइन भन्ने पुष्टि हुन बाँकी नै छ ।

चितवन मेडिकल कलेजबाट रिफर भरेर उनलाई केही दिनअघि भरतपुरस्थित कोरोना विषेश अस्पताल पठाइएको थियो । कोरोना विषेश अस्पतालमै उपचाररत उनको मृत्यु भएको हो । कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएका उनको शव अस्पतालमै राखिएको छ । उनलाई कोरोना संक्रमण भएको वा नभएको भन्ने सम्बन्धमा रिपोर्ट आउन भने बाँकी नै छ ।

परीक्षणका लागि उनको नमूना (स्वाब/खकार) सोमबार संकलन गरी मंगलबार बिहान मात्र राजधानी पठाइएको बताइएको छ । मंगलबार साँझसम्म यसबारे रिपोर्ट आउन सक्ने अपेक्षाा गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर