newskoseli.Com

राष्ट्रपतिको २ महिनाको तलब कोरोना कोषमा : उपराष्ट्रपति, सभामुख र अध्यक्षको १–१ महिनाको

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुुई महिनाको पारिश्रमिक बराबरको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई प्रदान गर्ने भएकी छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) रोगको सङ्क्रमण फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिले उक्त रकम प्रदान गर्ने भएको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटालगायतले पनि आफ्नो एक–एक महिनाको पारिश्रमिक सो कोषमा उपलब्ध गराउने जनाइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर