newskoseli.Com

नेपालमै तेस्रो व्यक्तिमा भेटियो कोरोना संक्रमण

विदेशबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको तस्रो दिनमै विदेशबाटै आएका अर्का एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । टेकुस्थित प्रयोगशाला परीक्षणका क्रममा नेपालभित्र तेस्रो व्यक्तिमा कोरोनाभाइरस संक्रमण भेटिएको हो ।

जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेश गुप्ताले दिएको जनाकारीअनुसार कोरोना संक्रमित ती व्यक्तिलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ ।

यी व्यक्तिसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या तीन पुगेको छ । एक व्यक्ति उपचारपछि निको भइसकेका छन् भने यसअघि संक्रमण फेला परेकी १९ वर्षिया युवती युवती सोही अस्पतालमा उपचाररत छिन् ।

स्वास्थ्य मन्त्रालयले दिउँसो पत्रकार सम्मेलन गरी यो केसबारेमा जानकारी दिने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर