newskoseli.Com

इटाली र स्पेनले उछिने चीनलाई (कहाँ कति, तथ्यांकसहित)

विश्व महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको प्रकोपका कारण भएको मृत्यु संख्यामा यसको उदगमस्थल मानिएको चीनलाई स्पेनले पनि उछिनेको छ । इटालीले यसअघि चीनलाई नै उछिनिसकेको थियो ।

बुधबारसम्मको तथ्यांकअनुसार इटालीमा ६८२०, स्पेनमा ३४३४, इरानमा २०७७, फ्रान्समा ११०० र अमेरिकामा ७८५ जनाले कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । त्यस्तै, बेलायतमा ४२७, नेदरल्याण्ड्समा २७६, बेल्जियममा १७८, जर्मनीमा १७२, स्विट्जरल्याण्डमा १४५ र दक्षिण कोरियामा १२६ जनाले कोभिड– १९ बाट मृत्युवरण गरिसकेका छन् ।

बुधबार मात्रै चीनमा ४, अमेरिकामा ५, स्पेनमा ४४३, जर्मनीमा १३, इरानमा १४३, स्विट्जरल्याण्डमा २३, दक्षिण कोरियामा ६, बेलायतमा ५, अस्ट्रियामा २, बेल्जियममा ५६, पोर्चुगलमा १०, इजरायलमा २, मलेशियामा ३, डेनमार्कमा २, चेकियामा २, पोल्याण्डमा ३, फिनल्याण्डमा २, इन्डोनेशियामा ३ फिलिपिन्समा ३, लिथुनियामा २ र नर्वे, अस्ट्रेलिया, स्विडेन, ब्राजिल, पाकिस्तान, रोमानिया, स्लोभेनिया, मेक्सिको, सर्विया, हंगेरी, युक्रेन, अफगानिस्तान, बंगलादेश, पाराग्वे र नाइजरमा १–१ जना गरी ७४७ जनाको मृत्यु भएको छ ।

यस्तो छ विश्वभर कोरोनाभाइरसबाट संक्रमण, निको हुने र मृत्युको अवस्था

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर