newskoseli.Com

कोरोना संक्रमितका विमान सहयात्री २ जनाको पहिचान, दुवै बसे होम क्वारेन्टाइनमा

सांकेतिक चित्र

चैत ६ मा एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । सो एयरलायन्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो ।

सोही एयरवेजबाट सँगै फर्किएका नेपालीमध्ये मकवानपुरगढी गाउँपालिकाकी ३२ वर्षीया युवती वैदेशिक रोजगारीका क्रममा साइप्रसबाट कतार हुँदै नेपाल फर्किएपछि काठमाडौंको चन्द्रागिरिस्थित दाजुको घरमा बसेकी छन् । बुधबार टेकु अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनको स्वास्थ्य स्थिति सामान्य रहेकाले उनी होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, हेटौंडा उपमहानगरपालिका– १२ बस्ने ४९ वर्षीय एक पुरुषलाई वैदेशिक रोजगारीका लागि कतारमा हुँदा नै कतार प्रहरीले समातेर नेपाल फिर्ता पठाएपछि हेटौंडास्थित घर आई बसेको र प्रहरीले सम्पर्क गरी बिहीबार बिहान हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य सामान्य रहेकाले उनी पनि होम क्वारेन्टाइनमा रहेको बताइएको छ । उनलाई प्रहरीले निगरानीमा राखेको छ र स्वास्थ्यमा खराबी आए उपचारका लागि तुरुन्तै हेटौंडामा तयारी अवस्थामा राखिएको कोरोनाभाइरस उपचार केन्द्रमा ल्याइने जानकारी दिइएको खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर