newskoseli.Com

धमाधम कीटनाशक औषधि छर्कंदै कामपा : कोरोना फैलन नदिने प्रयास

विश्वभर फैलिइरहेको कोभिड– १९ लाई थप फैलन नदिनका लागि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्कने कामलाई तीव्र बनाएको छ । यस क्रममा बिहीबार बिहान बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास तथा भित्री क्षेत्रमा केन्द्रित गरी औषधि छर्किएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो वस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने ठाउँ र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म कीटनाशक औषधि छर्कने कामलाई सहरभरि पुर्‍याउने रणनीतिका आधारमा काम भइरहेको छ । सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि नै कामपाले औषधि छर्कने कार्य सुरु गरेको हो । कामपा नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाका अनुसार उक्त कार्य निरन्तर जारी छ ।

पहिलो दिन मानिसको भीडभाड बढी हुने स्थानका रुपमा वीर अस्पताल, भित्री सहरका असन–इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानबाट कीटनाशक औषधि छर्कने कामको सुरुआत भएको थियो । कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्कन सुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने सापकोटाले बताए ।

नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने महानगर प्रमुख शाक्यले बताए । कामपाले ब्रुमरबाट सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर