newskoseli.Com

कोरोना संक्रमितको संख्या ५ : बागलुङकी युवतीमा पनि पुष्टि, एकै उडानका २ यात्रुमा संक्रमण

शनिबार बागलुङकी एक युवतीमा कोरोनाभाइरसको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । कतार एयरवेजको चैत ४ को उडानमा बेल्जियमबाट नेपाल आएकी अर्की २२ वर्षीया युवतीमा कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको फ्लाइटबाट बागलुङकी ती युवती नेपाल आएको डा. देवकोटाले बताए । उनको अवस्था सामान्य रहेको डा. देवकोटाले उल्लेख गरे ।

पाँचौं संक्रमितको पुष्टि भएसँगै मार्च १७ (४ चैत) मा कतार एयरलाइन्सको एउटै उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोही उडानबाट नेपाल आएकी अर्की युवतीमा पनि चैत १० मै कोरोना पुष्टि भएको थियो । १० चैतमा संक्रमण पुष्टि भएकी ती युवती फ्रान्सबाट कतारको ट्रान्जिट हुँदै नेपाल आएकी हुन् भने शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहाको ट्रान्जिट हुँदै नेपाल आएकी हुन् ।

उनीहरु चैत ४ गते बिहान साढे १० बजे नेपाल उत्रेका थिए । सो जहाजमा यी दुई युवतीसहित २ सय ५ यात्रु सवार थिए । सो जहाजमा आएका अधिकांश सम्पर्कमा आइसकेको र उनीहरुको नमूना परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर