newskoseli.Com

वीर र पाटन अस्पतालमा ३ जनाको मृत्यु : कोरोना हो–होइन परीक्षण हुँदै

राजधानीस्थित वीर अस्पतालमा कोरोना संक्रमणका आशंकित दुई जनाको मृत्यु भएको छ । यद्यपि उनीहरुमा कोरोना थियो वा थिएन भन्नेबारे परीक्षणको ततिजा आइसकेको छैन ।

हालै मात्र भारतबाट फर्किएका ५० वर्षिय एक पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षिया एक महिलाको मृत्यु भएको हो । दुवै जनामा कोरोना संक्रमण भए–नभएको बारे परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको तर रिपोर्ट आइनसकेको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जनाएका छन् ।

निमोनिया देखिएकी ती महिलालाई आइतबार साँझ अस्पताल ल्याइएकोमा सोमबार बिहान उनको मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि अस्पताल आएका अर्का पुरुषको भने सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

साेमबारै पाटन अस्पतालमा ३६ वर्षीय अर्का एक पुरुषको पनि मृत्यु भएको छ । उनकाे पनि काेराेना परीक्षण भैरहेकाे र नतिजा आउन बाँकी नै रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर