newskoseli.Com

सीमित वर्गलाई लकडाउन खुकुलो : क–कसलाई र किन ? (भिडियाेसहित)

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले लकडाउनलाई निश्चित वर्गका निम्ति केही खुकुले पार्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सोसम्बन्धी जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाका अनुसार औषधि, इन्धन, खाद्यवस्तुको ढुवानी अजै सहज बनाइनेछ । त्यसैगरी, दैनिक उपभोग्य वस्तुका उत्पादक, तामाकोशी र मेलम्चचीजस्ता ठूला आयोजनाले बाहिरी आवागमन निषेधित गर्दै आ–आफ्ना निश्चित कामदार–कर्मचारीहरु परिचालन गरेर शुक्रबारदेखि नै आयाेजनाका काम सुचारु गर्न सक्नेछन् । तर, उनीहरुले सुरक्षाका निर्दिष्ट उपाय, उपकरण र विधिहरुको भने अनिवार्य अवलम्बन र सुनिश्चित गर्नु पर्नेछ ।

त्यसैगरी, कृषिकर्ममा लागेका मोफसलका नागरिकहरुले बाहिरी मान्छे नल्याई पारिवारिक रुपमै मात्र संलग्न भएर बाली काट्ने–भित्र्याउने तथा नयाँ बाली लगाउने काम गर्न सक्नेछन् । ती काममा अवरोध नपुर्‍याउन सुरक्षा निकाय र सम्बन्धित सबैलाई बैठकले निर्देषित गरेको जानकारी उनले गराए ।

काेराेना महामारीले देशभित्र अहिलेको भन्दा विकराल रुप नदेखाए १४औं दिनपछि लकडाउन नलम्ब्याइने संकेत समेत उनले गरेका छन् । सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई कमसेकम १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै नेपाल फर्कन अनुमति दिइने उनले बताए । ‘सीमा क्षेत्रमा बसेका नेपाली दाजुभाइहरुलाई यो समस्या बुझिदिन र १४ दिनपछि मात्रै सीमा क्रस गरिदिनुहुन अनुरोध गर्नै निर्णय भएको छ’– मन्त्री डा. खतिवडाले भने ।

हेर्नाेस् भिडियाे–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर