newskoseli.Com

अमेरिकामा कोरोनाको विकराल रुप, एकै दिन २० हजार संक्रमित, ९०० को मृत्यु : कुन देशकाे कस्ताे अवस्था ?

विश्व महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड– १९) ले अमेरिकामा विकराल रुप धारण गरेको छ । सोमबार एकै दिन अमेरिकामा १९,९८० नयाँ संक्रमित फेला परेका छन् भने ९०० जनाको मृत्यु भएको छ ।

सोमबार राति अबेरसम्मको विवरणअनुसार अमेरिकामा ३,५६,६५३ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । यतिबेलासम्म अमेरिकामा १९,३०८ जना संक्रमितलाई निको भएको छ, ३,२६,८२९ जना सामान्य बिरामी छन् र ८,८७६ गम्भीर बिरामी छन् ।

त्यसैगरी, स्पेनमा कूल १,३५,०३२ संक्रमित भएका छन् भने १३,१६९ जनाको निधन भएको छ । स्पेनमा ४०,४३७ संक्रमित निको भएका छन् भने ८१,४२६ जना सामान्य बिरामी छन् र ६,९३१ जना गम्भीर बिरामी छन् ।

त्यस्तै, इटालीमा कूल १,३२,५४७ संक्रमित भएकामा १६,५२३ जनाको निधन भैसकेको छ । इटालीमा २२,८३७ संक्रमित निको भएका छन् भने ९३,१८७ सामान्य बिरामी छन् र ३,८९८ गम्भीर बिरामी छन् ।

सोमबार मध्यरातिसम्म वर्ल्डोमिटरले प्रकाशित गरेको कोरोनाबाट मुख्य प्रभावित राष्ट्रहरूको तथ्यांक निम्नानुसार छ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर