newskoseli.Com

१४ लाखमा संक्रमण, ८२ हजारको मृत्यु, ३ लाख निको भए, ४८ हजार ‘क्रिटिकल’ (सम्पूर्ण विवरण)

यतिबेला विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बुधबार बिहानसम्म संसारभरमा १४,३१,६८९ जना संक्रमित भएका छन् । यो महामारीमा परेर ८२,०७४ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमित भएर पनि निको हुनेको संख्या ३,०२,१४५ रहेको छ भने १०,४७,४७० जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ९,९९,५७९ को अवस्था सामान्य छ र ४७,८९१ को स्थिति गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये यतिबेलासम्म सबैभन्दा बढी अमेरिकामा ४,००,४१२ जना, स्पेनमा १,४१,९४२ जना, इटालीमा १,३५,५८६ जना, फ्रान्समा १,०९,०६९ जना, जर्मनीमा १,०७,६६३ जना, चीनमा ८१,८०२ जना, इरानमा ६२,५८९ जना र बेलायतमा ५५,२४२ जना संक्रमित भएका छन् ।

यसबेलासम्म इटालीमा १७,१२७ जना, स्पेनमा १४,०४५ जना, अमेरिकामा १२,८४५ जना, फ्रान्समा १०,३२८ जना, बेलायतमा ६,१५९ जना, इरानमा ३,८७२ र चीनमा ३,३३३ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भैसकेको छ ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर