newskoseli.Com

बल्ल उठ्ने भयो बाबुरामको शव : के–के भयो सहमति ?

बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा १६ चैतमा मृत्यु भएका बाबुराम थापाको शव बल्ल उठ्ने भएको छ । उपचारको क्रममा निधन भएका बाबुरामको उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै उनको परिवारले शव बुझ्न मानेका थिएनन् ।

उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुका साथै परिवारको भरणपोषणका लागि समुचित क्षतिपूर्तिको माग बाबुरामका परिवारजनले गरेका थिए । प्रदेश– ५ समाजिक विकास मन्त्रालयमा बुधबार बसेको सर्वपक्षीय बैठकमा परिवारजनका ती माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरु शव उठाउन सहमत भएका छन् ।

पूर्वसांसद् विनोद पहाडी, उद्यमी जगत पोखरेल र अधिकारकर्मी पदम कार्कीको पहलमा मृतक बाबुरामको परिवारका निम्ति आधारभूत राहत कोष बनाउने सहमति जुटेको छ । ५ लाख ५ हजार रुपैयाँको कोषमा थप आर्थिक सहयोग जुटाइने समेत सहमति भएको छ । बाबुरामका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठन गराउने र स्थानीय सरकारले उनकी श्रीमती रीता थापा क्षेत्रीलाई रोजगारी दिने निर्णय समेत बैठकले गरेको छ ।

६ चैतमा दुबईबाट फर्किएका थापाको उपचारकै सिलसिलामा ११ दिनअघि मृत्यु भएको थियो । उनको मृत्यु हुनुभन्दा केही घन्टा अघि लिइएको स्वाब परीक्षणका लागि मृत्यु भएकै दिन काठमाडौं पठाइएको थियो । कोरोना परीक्षणपछि रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर