newskoseli.Com

१५ लाख संक्रमित, ८८ हजारको मृत्यु, साढे ३ लाख निको भए (सम्पूर्ण विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बिहीबार बिहानसम्म संसारभरमा १५,१३,९३५ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म ८८,४३३ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ३,२९,७३१ रहेको छ भने १०,९५,७७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ४८,०७८ को अवस्था गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये हालसम्म सबैभन्दा बढी अमेरिकामा ४,३०,९०२ जना, स्पेनमा १,४८,२२० जना, इटालीमा १,३९,४२२ जना, जर्मनीमा १,१३,२९६  जना, फ्रान्समा १,१२,९५० जना,  चीनमा ८१,८०२ जना, इरानमा ६४,५८६ जना र बेलायतमा ६०,७३३ जना संक्रमित भएका छन् ।

कोरोनाभाइरसकाे संक्रमणबाट यस बेलासम्म इटालीमा १७,६६९ जना, स्पेनमा १४,७९२ जना, अमेरिकामा १४,७६६ जना, फ्रान्समा १०,८६९ जना, बेलायतमा ७,०९७ जना, इरानमा ३,९९३ जना र चीनमा ३,३३३ जनाको मृत्यु भैसकेको छ । बितेकाे २४ घन्टाबीच चीनमा नयाँ संक्रमित र मृतककाे संख्या थपिएकाे छैन । याे २४ घन्टाबीच अमेरिकामा ३०,५६७ जना नयाँ संक्रमित थपिएका छन् भने १,९२५ जनाकाे मृत्यु भएकाे छ ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर