newskoseli.Com

१६ लाख संक्रमित, साढे ९५ हजारको मृत्यु, साढे ३ लाख निको भए, झन्डै ५० हजार क्रिटिकल (सम्पूर्ण विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट शुक्रबार बिहानसम्म संसारभरमा १६,०३,९८४ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म ९५,७३१ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ३,५६,६५६ रहेको छ भने ११,५१,५९७ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ४९,१२७ को अवस्था गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये हालसम्म सबैभन्दा बढी अमेरिकामा ४,६८,७९९ जना, स्पेनमा १,५३,२२२ जना, इटालीमा १,४३,६२६ जना, जर्मनीमा १,१८,२३५ जना, फ्रान्समा १,१७,७४९ जना,  चीनमा ८१,९०७ जना, इरानमा ६६,२२० जना, बेलायतमा ६५,०७७ टर्कीमा ४२,२८२ जना संक्रमित भएका छन् ।

कोरोनाभाइरसकाे संक्रमणबाट यस बेलासम्म इटालीमा १८,२७९ जना, अमेरिकामा १६,६९७ जना, स्पेनमा १५,४४७ जना, फ्रान्समा १२,२१० जना, बेलायतमा ७,९७८ जना, इरानमा ४,११० जना र चीनमा ३,३३६ जना, जर्मनीमा २,६०७ जना, बेल्जियममा २,५२३ जना र नेदरल्याण्डमा २,३९६ जनाको मृत्यु भैसकेको छ ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर