newskoseli.Com

अमेरिका अर्थात् काेराेनाकाे इपिसेन्टर : मृतक संख्यामा पनि टप्यो सबैलाई (विवरणसहित)

‘विश्व महाशक्ति राष्ट्र’ अमेरिका अंग्रेजी नयाँ वर्ष २०२० सुरु हुनुभन्दा अघिल्लो दिन चीनबाट देखापरेको कोरोनाभाइरस (काेभिड– १९) को पछिल्लो केन्द्रविन्दु (इपिसेन्टर) बन्न पुगेको छ । केही सातायता संक्रमित संख्याका हिसाबले विश्वमै सबैभन्दा अगाडि रहेको अमेरिका शनिबार (२९ चैत) अपराह्नदेखि भने मृतक संख्याका हिसाबले समेत सबैभन्दा अगाडि पुगेको छ ।

लामो समयदेखि सबैभन्दा बढी मृतक रहेको इटाली शनिबार दिउँसोसम्म पहिलो नम्बरमा रह्यो । तर, शनिबार अपराह्नदेखि भने इटालीलाई समेत उछिनेर संयुक्त राज्य अमेरिका पहिलो नम्बरमा उक्लियो । शनिबार राति ९ बजेसम्म वर्ल्डोमिटरले प्रकाशित गरेको तथ्यांकअनुसार अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १८,८८३ पुगेको छ । यसबेलासम्म इटालीको मृतक संख्या १८,८४९ रहेको छ । अर्थात्, अमेरिकाको मृतक संख्या इटालीको भन्दा ३४ जना बढी छ ।

कोरोना संक्रमित बिरामीको संख्यामा त अमेरिका निकै दिन अघिदेखि नै पहिलो नम्बरमा रहँदै आएकै थियो । अब भने मृतक संख्याका हिसाबले पनि अमेरिका नै पहिलो नम्बरमा उक्लेको हो । अमेरिकामा यतिबेलासम्म ५,०६,००८ जना संक्रमित छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर