newskoseli.Com

१७ लाख ८० हजार संक्रमित, १ लाख ८ हजारको मृत्यु : कोरोनाको अत्यासलाग्दो वृद्धिदर (पूरा विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट आइतबार बिहानसम्म संसारभरमा १७,८०,३१४ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,०८,८२७ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,०४,०३१ रहेको छ भने १२,६७,४५६ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५०,५९२ को अवस्था गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट बढी प्रभावित देशहरूमध्ये संक्रमित संख्या र मृतक संख्या दुवै हिसाबले अमेरिका सबैभन्दा अगाडि छ । मृतक संख्यामा पहिलाे रहेकाे इटालीलाई अमेरिकाले शनिबार अपराह्न उछिनेकाे हाे । संक्रमित संख्याका हिसाबले त अमेरिका निकै दिन अघिदेखि नै पहिलाे रहँदै आएकाे थियाे  ।

कोरोनाभाइरसकाे संक्रमणबाट आइतबार बिहानसम्म अमेरिकामा २०,५७७ जना, इटालीमा १९,४६८ जना, स्पेनमा १६,६०६ जना, फ्रान्समा १३,८३२ जना, बेलायतमा ९,८७५ जना, इरानमा ४,३५७ जना, बेल्जियममा ३,३४६ जना, चीनमा ३,३३९ जना, जर्मनीमा २,८७१ जना र नेदरल्याण्डमा २,६४३ जनाको मृत्यु भैसकेको छ ।

हालसम्मकाे तथ्यांकअनुसार अमेरिकामा ५,३२,८७९ जना, स्पेनमा १,६३,०२७ जना, इटालीमा १,५२,२७१ जना, फ्रान्समा १,२९,६५४ जना, जर्मनीमा १,२५,४५२ जना, चीनमा ८२,०५२ जना, बेलायतमा ७८,९९१ जना, इरानमा ७०,०२९ जना र टर्कीमा ५२,१६७ जना संक्रमित भएका छन् ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर