newskoseli.Com

नयाँ वर्ष २०७७ काे बिहान : विश्वभर काेराेनाकाे के छ स्थिति ? (सम्पूर्ण विवरणसहित)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट साेमबार (१ वैशाख, २०७७) बिहानसम्म संसारभरमा १८,५३,१६८ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,१४,२४७ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,२३,६२५ रहेको छ भने १३,१५,२९६ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५०,८५३ को अवस्था गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट बढी प्रभावित देशहरूमध्ये संक्रमित संख्या र मृतक संख्या दुवै हिसाबले अमेरिका सबैभन्दा अगाडि छ । कोरोनाभाइरसकाे संक्रमणबाट आइतबार बिहानसम्म अमेरिकामा २२,११५ जना, इटालीमा १९,८९९ जना, स्पेनमा १७,२०९ जना, फ्रान्समा १४,३९३ जना, बेलायतमा १०,६१२ जना, इरानमा ४,४७३ जना, बेल्जियममा ३,६०० जना, चीनमा ३,३४१ जना, जर्मनीमा ३,०२२ जना र नेदरल्याण्डमा २,७३७ जनाको मृत्यु भैसकेको छ ।

हालसम्मकाे तथ्यांकअनुसार अमेरिकामा ५,६०,४३३ जना, स्पेनमा १,६६,८३१ जना, इटालीमा १,५६,३६३ जना, फ्रान्समा १,३२,५९१ जना, जर्मनीमा १,२७,८५४ जना, बेलायतमा ८४,२७९ जना, चीनमा ८२,१६० जना, इरानमा ७१,६८६ जना र टर्कीमा ५६,९६५ जना संक्रमित भएका छन् ।

यस बेलासम्म नेपालभित्र ९ नेपाली३ भारतीय गरी १२ जनामा काेराेनाभाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यीमध्ये  एक जना निकाे भएर घर फर्किसकेका छन् भने ११ जना उपचाररत छन् । ११ जना विदेशबाटै संक्रमित भएर नेपाल आएका हुन् भने एक जनामा यहीं संक्रमण भएकाे हाे ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर