newskoseli.Com

नारायणकाजीको एक वर्षको तलब गरिबलाई (‘ट्विट’ सहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक (तलब) विपन्न वर्गकेन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन् ।

संसदीय चुनावमा हारेका नारायणकाजी भर्खरै राष्ट्रियसभा सदस्य बनेका छन् । नेता श्रेष्ठले सोमबार सामाजिक सञ्जाल ‘ट्विटर’ मार्फत सो जानकारी गराएका हुन् । राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने र बाँकी १० महिनाको विपन्नकेन्द्रित राहत प्याकेजमा दिने उनले उल्लेख गरेका छन् ।

श्रेष्ठले लेखेका छन्– ‘हामी अहिले कोभिड– १९ र उत्पन्न सङ्कटको सामाना गरिरहेका छौं । यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्गकेन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।’

यस्तो छ श्रेष्ठको ‘ट्विट’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर