newskoseli.Com

फेरि बढे २ संक्रमित : नेपालभित्र अब १४ मा कोरोना (भिडियाेसहित)

नेपालमा कोभिड– १९ का संक्रमित १४ पुगेका छन् । सोमबार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कैलालीको लम्की र रौतहटमा एक–एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित सोमबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन् । उनीहरु दुवै जना भारतबाट आएको बताइएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणपछि उनीहरुमा सङ्क्रमण पुष्टि भएको जानकारी उनले दिए ।

रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला सङ्क्रमित पुष्टि भएका हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा ६, बागलुङ र काठमाडौंमा दुई–दुई तथा रौतहटमा एक तथा पर्सामा तीन सङ्क्रमित फेला परेको खबर राससले प्रेषित गरेको छ ।

भिडियाेमा हेर्नाेस् स्वास्थ्यमन्त्रीकाे शुभकामना र प्रवक्ताकाे घाेषणा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर