newskoseli.Com

१९ लाख २४ हजार संक्रमित, १ लाख १९ हजारको मृत्यु : अमेरिकामा झन्डै ६ लाख, भारतमा साढे १० हजार (पूरा विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट मंगलबार (२ वैशाख, २०७७) बिहानसम्म संसारभरमा १९,२४,६७९ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,१९,६९२ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,४५,००५ रहेको छ भने १३,५९,९८२ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५१,७६४ को अवस्था गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित छ । कोरोनाभाइरसकाे संक्रमणबाट मंगलबार बिहानसम्म अमेरिकामा २३,६४० जना, इटालीमा २०,४६५ जना, स्पेनमा १७,७५६ जना, फ्रान्समा १४,९६७ जना, बेलायतमा ११,३२९ जना, इरानमा ४,५८५ जना, बेल्जियममा ३,९०३ जना, चीनमा ३,३४१ जना, जर्मनीमा ३,१९४ जना र नेदरल्याण्डमा २,८२३ जनाको मृत्यु भैसकेको छ ।

हालसम्मकाे तथ्यांकअनुसार अमेरिकामा ५,८६,९४१ जना, स्पेनमा १,७०,०९९ जना, इटालीमा १,५९,५१६ जना, फ्रान्समा १,३६,७७९ जना, जर्मनीमा १,३०,०७२ जना, बेलायतमा ८८,६२१ जना, चीनमा ८२,२४९ जना, इरानमा ७३,३०३ जना र टर्कीमा ६१,०४९ जना संक्रमित भएका छन् ।

यस बेलासम्म नेपालभित्र ११ नेपाली३ भारतीय गरी १४ जनामा काेराेनाभाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सोमबार अपराह्न थप ३ जनामा संक्रमणको प्रारम्भिक लक्षण देखिएको छ, मंगलबार यसबारे पुष्टि हुँदैछ । नेपालका संक्रमितमध्ये  एक जना निकाे भएर घर फर्किसकेका छन् भने अरू सबै उपचाररत छन् । छिमेकी भारतमा १०४५३ संक्रमित भएका छन् र त्यहाँ ३५८ जनाकाे काेराेनाबाट मृत्यु भैसकेकाे छ ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर