newskoseli.Com

लकडाउन फेरि लम्बियाे : वैशाख १५ सम्म सबै नागरिक घरभित्रै

११ चैतदेखि सुरु भएको लकडाउन वैशाख १५ समम निरन्तर कायम रहने भएको छ । कोरोनाभाइरस रोथाम तथा नियन्त्रणका लागि जारी लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय सरकारले गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यसबारे सार्वजनिक जानरी दिने बताइएको छ ।

मन्त्रिपरिषदले यसअघि नै वैशाख १८ सम्म हवाई उडान स्थगित गर्ने निर्णय गरिसकेको छ । सुरूमा ७ दिनका लागि घाेषणा गरेर यसअघि ७–७ दिन गरी पटक–पटक थपिँदै आएको लकडाउनको अवधि अहिले भने एकै पटक १२ दिनका लागि बढाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर