newskoseli.Com

कोरोनासँगै मौसमी प्रतिकूलता : हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले बिहीबार बिहानै काठमाडौं उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म कायम रहनेछ । महाशाखाले बिहीबार बिहान विषेश बुलेटिन जारी गर्दै आगामी तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका, रसुवा, धादिङलगायतका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना बढी रहेको छ । हाल देशैभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ३ डिग्री सेल्सियस छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर