newskoseli.Com

वडाध्यक्षको भाँचियो हात : ‘जनप्रतिनिधि’ बीच लकडाउनमै कुटाकुट !

कोरोनाभाइरस संक्रमणको त्रासदीका कारण मुलुकमा झन्डै महिना दिनदेखि लकडाउन चलिरहेका बेला स्याङ्जाका ‘जनप्रतिनिधि’ बीच भने कुटाकुट चलेको छ ।

दुई ‘जनप्रतिनिधि’ बीचको झडपमा वडा अध्यक्ष गैरेको हात समेत भाँचिएको बताइएको छ । वालिङ– १३, बयाँटारीस्थित जंगल रेस्टुरेन्टमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका– १० का वडाअध्यक्ष अनन्तराज गैरेबीच बुधबार साँझ कुटाकुट भएको हो ।

वडा अध्यक्ष गैरेको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख बगालेले भने सो झडपमा आफू संलग्न नभएको दावी गरेका छन् । सामान्य भनाभन मात्र भएको र कुटपिटबारे आफूलाई थाहा नभएको उनको भनाइ छ । आफूसँगै रहेका केही साथीहरुले घटना घटाएको हुन सक्ने उनको जिकिर छ ।

तर, कुटाकुटमा समन्वय समितिका उपप्रमुख नै संलग्न रहेको सो घटनाका प्रत्यक्षदर्शी धनबहादुर मल्लको भनाइ छ । घटनामा संलग्नहरुलाई कार्बाहीका लागि वडा प्रहरी कार्यालयमा जाहेरी परेको इन्स्पेक्टर निरञ्जन घिमिरेले बताएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुखकाविरुद्ध किटानी जाहेरी परेको र आफूहरूले छिटै अनुसन्धान सुरु घिमिरेले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर