newskoseli.Com

कोरोना संक्रमित ३० पुगे नेपालमा : एकै दिन १४ जनामा पुष्टि

नेपालमा शुक्रबार एकै दिन थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो तथ्यांकसहित अब देशभित्र कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ अफिसियल फेसबुक पेजमा नयाँ संक्रमितहरूबारे पुष्टि गरेको हो ।

‘हालको अध्यावधिक विवरणअनुसार कोभिड- १९ को जम्मा पुष्टि भएको संख्या ३०, जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ । जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुषः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षिय) र चितवन जिल्लाका २ वटा केस (२७ वर्षीय पुरुष र ६३ वर्षिय महिला)’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पेजमा लेखिएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकाे पेजमा लेखिएको छ– ‘आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ । जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुषः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षिय) र चितवन जिल्लाका २ वटा केस (२ पुरुष, २७ र ६३ वर्षिय) ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार साँझ फेसबुक पेजमा प्रकाशित जानकारी–

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रद्वारा फेसबुक पेजमा प्रकाशित जानकारी–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर