newskoseli.Com

६५ वर्षीया छैटौं संक्रमित पनि कोरोनामुक्त : निको भएकाको संख्या ३ पुग्यो

नेपालमा छैटौं कोरोनाभाइरस (कोभिड– १९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि कोरोनाभाइरस मुक्त भएकी छन् । बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा ‘नेगेटिभ’ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।

बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टबाट उनमा कोरोना नभएको भेटिएपछि उनी कोरोनामुक्त भएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिएका छन् । कोरोनामुक्त भएकाले उनलाई अस्पतालबाट घर पठाउने तयारी गरिसकिएको पोखरेलले बताए ।

‘उहाँलाई घर पठाउने तयारी हामीले गरेका छौं, शनिबार साँझ वा आइतबार बिहानै उहाँलाई घर पठाउछौं, नियमित दिइरहेको औषधि दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी उहाँलाई डिस्चार्ज गर्छौं’– पोखरेलले भने । संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

नेपालका दोस्रो, पाँचौ र छैटौं कोरोना संक्रमित व्यक्ति एउटै विमानबाट नेपालमा आएका थिए । तीमध्ये काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैटौं संक्रमित एकै दिन कोरोनामुक्त भएका छन् । दोस्रो संक्रमित काठमाडौंकी प्रशिद्धि श्रेष्ठ शनिबार नै डिस्चार्ज भएर घर गैसकेकी छन् । पाँचौ संक्रमित युवतीको भने पनि चौथो रिपोर्ट समेत पोजेटिभ आएकाले धौलागिरि अञ्चल अस्पतालमै उनको उपचार चलिरहेको खबर चन्द्रप्रकाश शर्माको बाइलाइनमा गोरखापत्र अनलाइनले शनिबार प्रकाशित गरेको छ ।

अपडेटः
हालसम्म नेपालमा पुष्टि भएका ३१ संक्रमितमध्ये १५ भारतीय र १६ नेपाली छन् । यीमध्ये एक पुरूष पहिल्यै डिस्चार्ज भएर घर गैसकेका छन् भने काठमाडाैंकी १९ वर्षिया किशाेरी (प्रशिद्धि श्रेष्ठ) शनिबार दिउँसाे र बागलुङकी ६५ वर्षिया एक महिला शनिबार साँझ घर गएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर