newskoseli.Com

सडकमा पैसा फाल्ने नन्द–भाउजू पक्राउ : परीक्षणमा देखियाे कोरोना पोजेटिभ

धनुषाको सडकमा शुक्रबार दिउँसो फटाफट दस रुपैयाँका नोट फालेर भागेका दुई महिलालाई शनिबार प्रहरीले पक्रेको छ । पक्राउपछि उनीहरुमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणबाट नन्द–भाउजू नाताका ती दुवै महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

जनकपुर अस्पतालका निमित्त मेसु डा. जामुनप्रसाद सिंहका अनुसार ती दुई महिलाको आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । पीसीआर परीक्षणपछि मात्रै उनीहरुमा कोरोनाभाइरसको संक्रमण भए–नभएको पुष्टि गरिने भएको छ । उनीहरु दुवै जनाको पीसीआर विधिबाट परीक्षण भैरहको बताइएको छ ।

जनकपुरधामस्थित महावीरचोकमा रहेको पेठियाबजार जाने सडकमा शुक्रबार उनीहरूले दस रूपैयाँका दर्जनौं नोट फालेर भागेपछि स्थानीयको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । ती महिलालाई जानकी मन्दिर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

सीसीटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती महिलालाई पक्राउ गरिएको उनले बताए । रुपैयाँ किन फ्यालेको भनी सोध्दा कुनै जवाफ नदिई उनीहरु फरार भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर