newskoseli.Com

१९ वर्षीया कोरोना संक्रमित अंशु सापकोटा पनि डिस्चार्ज, निको हुने १० पुगे

बागलुङ नगरपालिका– ४, कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा पनि कोरोनाभाइरस जितेर शुक्रबार राति डिस्चार्ज भएकी छन् । बेल्जियमबाट चैत ४ मा नेपाल आएकी सापकोटाको चैत १२ मा स्वाब संकलन गरी काठमाडौं ल्याएर परीक्षण गर्दा चैत १५ मा कोरोनाभाइरस पोजिटिभ पुष्टि भएको थियो ।

अस्पतालमा एक महिना लामो आइसोलेसन बसाइपछि उनको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले बताएकी छन् । उनलाई शुक्रबार राति डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । त्यसअघि चार पटकसम्म उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

नेपालमा पाँचौं कोरोना संक्रमित अंशुसँगै विदेशबाट आएकी ६५ वर्षीय मनकुमारी पौडेललाई पनि कोरोना पोजिटिभ थियो । उनी भने अघिल्लो शनिबार नै निको भएर डिस्चार्ज भइसकेकी छन् । पौडेल र सापकोटालाई लिन गएका एक आफन्तको भने स्वाब परीक्षण नेगेटिभ आइसकेको छ । लकडाउनको ३२औं दिन भएको अंशुको डिस्चार्जसँगै नेपालमा कोरोना निको हुनेको संख्या १० पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर