newskoseli.Com

सांसदद्वय र पूर्वआईजीपीविरुद्ध मुद्धा लिएर ‘अपहरित’ सांसद र पूर्वप्रधानमन्त्री परिसरमा : दर्ता गरेन प्रहरीले (भिडियोसहित)

सत्ताधारी नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्धा लिएर आइतबार महानगरीय प्रहरी परिसर टेकु पुगेका नवगठित जनता समाजवादी पार्टी (जसपा) का ‘अपहरित’ सांसद डा. सुरेन्द्र यादवको जाहेरी दरखास्त दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

जाहेरी दर्ता गर्न सांसद यादवसहित सो पार्टीका शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, हिसिला यमिलगायत महानगरीय प्रहरी परिसरमा पुगेका थिए । सांसद यादवको कानुन व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बौद्धिक पेशाकर्मी महासंघका महासचिव एवं अधिवक्ता वीरेन्द्रकुमार ठाकुर जाहेरी दरखास्त बोकेर उपस्थित थिए ।

तर, भर्खरै मात्र प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका एसएसपी श्याम ज्ञवालीले ‘सत्ताको दबावमा’ जाहेरी दर्ता गर्न ठाडै अस्वीकार गरेको भन्दै दिउँसोदेखि परिसरमा गलफत्ती गरेका सांसद, वकिल र नेताहरु साँझ ५ बजे आक्रोशित भएर फर्के । समाजवादी पार्टी फुटाउन भन्दै सो पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई बुधबार (१० वैशाखमा) निवासबाटै अपहरण गरेर काठमाडौं ल्याइएको जनता जनाता समाजवादी पार्टीकाे आरोप छ ।

‘हाम्रो पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्ने नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाल र यसमा सहयोग पुर्‍याउने अरु सबैलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गर्न लागेका हौं’– प्रहरी परिसरमा भेटिएका जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले भने ।

आक्रोशित नेता र वकिलहरूको प्रतिक्रिया हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर