newskoseli.Com

कोरोना संक्रमित ५२ पुगे, निको भई डिस्चार्ज हुने १६ पुगे

नेपालमा कोरोनाभाइरसका संक्रमित ५२ पुगेका छन् । कोरोना संक्रमण पुष्टि भएर उपचारपछि निको भई घर फर्कनेको संख्या १६ पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवक कोरोना निको भएर घर फर्किएका छन् ।

ती युवक कोरोना संक्रमण पुष्टि भएको १२औं दिनमा निको भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अस्पतालमा उपचाररत अरु तीन जना पनि डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

अब धनगढीमा १ जना, वीरगञ्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३१ जना गरी ३६ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिए । आइतबार वीरगञ्जकै २ जना र झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर