newskoseli.Com

५औं पटक बढाइयाे लकडाउन : फेरि थपियाे १० दिन, पुर्‍याइयाे वैशाख २५ सम्म

फाइल तस्बिर

चैत ११ देखि जारी लकडाउनको अवधि फेरि १० दिन थपेर सरकारले वैशाख २५ गते मध्यरातसम्म कायम राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

देश अहिले नै कोरोनाभाइरसको महामारीबाट खतरामुक्त भइनसकेकाले रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बताएका थिए । वैशाख २५ सम्म लकडाउन जारी नै राख्ने र त्यसपछि स्थितिमा सुधार आएमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन संसद अधिवेशन आहृवान गर्न सकिने उनले बताए ।

चैत ११ देखि एक साताका निम्ति आह्वान गरिएको देशव्यापी लकडाउन पहिलो पटक फेरि एक साता तन्काएर चैत १८ सम्म लम्ब्याइएको थियो । त्यसपछि दोस्रो पटक फेरि एक साता अवधि बढाएर चैत २५ सम्म तन्काइएको थियो । तेस्रोपटक आठ दिन बढाएर वैशाख ३ सम्म तन्काइएको लकडाउन चौथो पटक एकै साथ १२ दिन बढाएर वैशाख १५ सम्म पुर्‍याएको थियो । पछिल्लो पकट आइतबारको मन्त्रिपरिषद बैठकले पाँचौं पटक १० दिन लम्ब्याएर वैशाख २५ सम्म लकडाउन कायम राख्ने निर्णय लिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर