newskoseli.Com

७५ पुगे काेराेना संक्रमित : नेपालगञ्जमै भेटियो थप ६ मा कोरोना, एकै दिन बढे १६ संक्रमित

आइतबार अपराह्नसम्म बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टि भएकामा साँझसम्म आइपुग्दा थप ६ समेत गरी एकै दिन १५ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा आइतबारै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । आइतबार नै यसअघि नेपालगञ्जका ९ जनामा कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयले जनाएको थियो । नेपालगञ्जमा गरिएको परीक्षणमा यसअघि ५ पुरुष र ४ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको र उनीहरु ७ देखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका थिए ।

आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका– ३, छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पुष्टि गरेका थिए । त्योसँगै कोरोना संक्रमितको संख्या ६० पुगेको थियाे । लगत्तै आइतबारै नेपालगञ्जमा ९ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएपछि आइतबार (२१ वैशाखमा) एकै दिन संक्रमितको संख्या ५९ बाट ६९ पुगेको थियाे ।

साँझ सार्वजनिक भएका ६ जना संक्रमितसम्म जाेड्दा नेपालभित्र हालसम्म भेटिएका कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर