newskoseli.Com

विप्लव नेकपाका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’ पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक चर्चित नेता अनिल शर्मा ‘विरही’ मंगलबार पक्राउ परेका छन् । चितवन निवासी शर्मा सो पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख हुन् ।

भर्‍याङबाट लडेर खुट्टामा सामान्य चोट लागेपछि नेता शर्मा उपचारका निम्ति पुरानो मेडिकल कलेजको अस्पताल गएका थिए । उनलाई प्रहरीहरुले अस्पतालबाटै पक्राउ गरेका हुन् । प्रहरीले नियन्त्रणमा लिएका उनी हालसम्म अस्पतालमै छन्, प्रहरीले कहीं–कतै लगिनसकेको पारिवारिक स्रोतले जनाएको छ ।

असाध्यै अध्ययनशील, बाैद्धिक र लेखन तथा पत्रकारितामा समेत क्रियाशील वैचारिक नेताका रूपमा पहिचान बनाएका शर्माकाे पक्राउबारे उक्त पार्टीले यतिबेलासम्म कुनै प्रतिक्रिया जनाएकाे छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर