newskoseli.Com

खड्ग ओली अब ‘गीतकार’ पनि ! शिशिर योगीको संगीतमा लकडाउनपछि घन्कने

१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो– प्रधानमन्त्री खड्ग ओलीद्वारा रचित कविता सांसद भगवती न्यौपानेले ‘ट्याग’ गरेकी थिइन् । र, उनले त्यो पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।

कविताको शीर्षक थियो– ‘अब आँसु खसाउनु पर्दैन’

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
बढ्यो नेपाल, अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र, हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन…

सर्जकका दृष्टिले योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग सो कवितालाई गीत बनाउन आग्रह गरे । र, पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि । त्यसको केही दिनपछि योगीलाई सो कवितालाई गीत बनाउने प्रस्ताव आयो । अनि चार दिन लगाएर कवितालाई उनले संगीतको लयमा ढाले । रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् ।

कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र, आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया प्रधानमन्त्रीले दिएको योगी बताउँछन् ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सीसीयूमा रहेकै बेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर