शुक्रबार साँझ नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमित संख्या २६७ पुगेको छ ।
शुक्रबार साँझ थपिएका संक्रमितमा दाङको गढवा– ४ र ५ तथा तुलसीपुर– ७ का २३, ३४ र ३६ वर्षीय पुरुष गरी ३ जना रहेका छन् । त्यसैगरी, वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला पनि संक्रमितको पछिल्लो सूचीमा थपिएका छन् । यसैगरी, उदयपुरको त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगलका ७ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र सबैजना स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।