newskoseli.Com

कोरोनाबाट नेपालमा पहिलाे मृत्युको पुष्टि : २८१ पुगे संक्रमित

नेपालमा पहिलो पटक कोरोनाभाइरस (कोभिड– १९) बाट संक्रमित व्यक्तिको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरी महिलाको काभ्रे सदरमुकाम धुलिखेलस्थित अस्पताल ल्याउने क्रममा कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ पुष्टि गरेको हो ।

‘सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा शनिबार राति ८ः५० मा जारी विज्ञप्तिमा लेखिएको छ– ‘उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ ।’

‘यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड– १९ सँग सम्बन्धित थप परीक्षणपश्चात नेपालमा कोभिड– १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ’– डा. अधिकारीले विज्ञप्तिमा लेखेका छन् ।

त्यसैगरी, नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको पनि सोही विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या २ र यसअघिको संख्या समेत गरी कोभिड– १९ का संक्रमित २८१ पुगेको विज्ञप्तिमा जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर