newskoseli.Com

कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : आइतबार २५ वर्षीय युवककाे निधन

कोरोनाभाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलाको कोभिड– १९ बाटै निधन भएको र उनी यस रोगबाट नेपालमा मृत्युवरण गर्ने पहिलो नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार औपचारिक घोषणा गरेकै भोलिपल्ट फेरि कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

बाँकेको नरैनापुरस्थित दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पुष्टि गरेको छ ।

मृतक युवक वैशाख ३० मा भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा उनलाई श्वास–प्रश्वासमा समस्या भएको थियो । आइतबार बिहान ६ः४० मा उनको निधन भएको हो । उनलाई अस्पताल लैजाने प्रयासमा स्थानीय एम्बुलेन्सलाई खबर गरिए पनि पीपीई नभएका कारण चालकले नमानेको स्थानीयवासी बताउँछन् । उपचारको अभावमै उनको मृत्यु भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर