newskoseli.Com

४५७ पुगे कोरोना संक्रमित : बिहीबार थपिए ३० जना

नेपालमा कोरोनाभाइरसका संक्रमित ४५७ पुगेका छन् । बुधबारसम्म ४२७ रहेको संक्रमित संख्यामा बिहीबार बिहान १७, दिउँसो ९, साँझ १ र फेरि केही बेरपछि ३ गरी ३० जना थपिएपछि ४५७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले साँझ साढे ७ बजे प्रकाशित गरेको विज्ञप्तिमा जनाइएअनुसार भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणअनुसार बाँकेका नरैनापुर– ३ निवासी ३२ वर्षीय पुरूष, खजुरा– ३ निवासी ४२ वर्षीया महिला र कपिलवस्तुको शुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरूषमा कोभिड– १९ को पुष्टि भएको हो ।

यसअघि बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मेडिया ब्रिफिङमा जनाएअनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ । डा. देवकोटाका अनुसार बिहीबारै थप ४ जना निको भई डिस्चार्ज भएका छन् ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको डा. देवकोटाले बताए । रुपन्देहीका २७ वर्षीय पुरुष र झापाका ८ जना पुरुषहरु गरी ९ जना पछिल्ला संक्रमित रहेको उनले बताए । हालसम्म ३८ जिल्लामा संक्रमित भएको उनको भनाइ छ ।

डा. देवकाेटाले जानकारी गराउँदासम्म संक्रमितको संख्या प्रदेश– १ मा ८४, प्रदेश– २ मा १३६, बागमती प्रदेशमा २६ जना, गणडकी प्रदेशमा ४ जना, प्रदेश– ५ मा १९७, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी हालसम्म कूल ४५३ जना थियाे ।

यो पनि पढ्नुहोस्–
४५३ पुगे काेराेना संक्रमित, ४९ निको भए, ३ को मृत्यु (भिडियाेसहित)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर