नेपालमा कोरोनाभाइरसका संक्रमित ५८४ जना पुगेका छन् । शनिबार ६८ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५८४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न गरेको मेडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक ३६ जना कोरोना संक्रमितको पुष्टि भएको बताए ।
शनिबार थप ९ जना काेराेना संक्रमणमुक्त भएर अस्पतालबाड डिस्चार्ज भएका छन् । याे विवरणसँगै निकाे हुनेकाे संख्या ७९ पुगेकाे छ । यसअघि बिहान पनि मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जना संक्रमितको पुष्टि गरेको थियो । मेडिया ब्रिफिङमा दिइएको जानकारीअनुसार २० वर्षका २ जना तथा २२ र २७ वर्षका १–१ जना गरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमित पुष्टि भएको हो ।
यसैगरी, कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा नरैनापुर मदरसाका १७ देखि ३२ वर्ष उमेरसम्मका ६ जना पुरुष रहेका छन् । त्यसैगरी, नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १६ देखि ३२ वर्ष उमेरका पुरुष ६ जना र बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जना १५ जनामा पनि कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको डा. देवकोटाले बताए ।
https://www.facebook.com/mohpnep/videos/1683412841782604/