newskoseli.Com

१५६७ पुगे कोरोना संक्रमित : २४ घन्टामा थपिए १६६, मृतक ८ पुगे (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस (कोभिड– १९ बाट) संक्रमित हुनेको संख्या १५६७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो । देशभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारको नियमित मेडिया ब्रिफिङमा बताएअनुसार कूल संक्रमितमध्ये १४५० पुरुष र ११७ महिला रहेका छन् । त्यस्तै, पछिल्ला संक्रमितममध्ये १६२ पुरुष र ४ महिला रहेका छन् ।

यसअघि संक्रमण पुष्टि भएकामध्ये थप एक जना कोरोना जितेर आइतबार डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको कूल संख्या २२० पुगेको छ ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/1971401276329157/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर