नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या २०९९ पुगेको छ । मंगलबार मात्रै थप २८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दएिको जानकारीअनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणबाट ३८, पोखरामा भएको परीक्षणबाट १०, धरानमा भएको परीक्षणबाट १, भेरी अस्पतालमा भएको परीक्षणबाट २०, सुर्खेतमा भएको परीक्षणबाट ६४, दैलेखमा भएको परीक्षणबाट ३७, हेटौंडामा भएको परीक्षणबाट १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट १७, सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणबाट १८ र काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा भएको परीक्षणबाट ११८ गरी पछिल्लो २४ घन्टामा २८८ जनामा कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको छ ।
मंगलबार दिउँसोसम्मको विवरणअनुसार पीसीआर विधिबाट कूल ७५ हजार ३ सय ४३ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा मात्र याे विधिबाट ३ हजार ४ सय ४० जनाको परीक्षण गरिसकिएको छ ।
यतिबेला प्रदेश– १ मा १ सय २०, प्रदेश– २ मा ७ सय ११, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश– ५ मा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १ हजार ८ सय २५ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ ।
पछिल्लो पटक थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै कोरोना पुष्टि भएर निको हुनेको कूल संख्या २६६ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ८ जनाको मृत्यु भइसकेको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता देवकोटाको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/250755659589336/