नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या २३०० पुगेको छ । पछिल्लो २४ घन्टामा थप २०१ जनामा कोभिडको संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या यति पुगेको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९ पुगेको छ । बुधबार कोभिड– १९ का कारण दोलखाका ७६ वर्षीय पुरुषको काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
बुधबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएका थप १२ जना निको भएर बुधबार डिस्चार्ज भएका छन् । यो विवरणसँग कोरोना निको भएर घर फर्कनेको कूल संख्या २७८ पुगेको छ ।
भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/599050407484184/