नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या २९१२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २७८ जनामा कोभिड– १९ को पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालका आइसोलेसनमा रहेकामध्ये हालसम्म ३३३ जना निको भएर घर फर्किएका छन् । शुक्रबार मात्रै ४३ जना निकाे भएर डिस्चार्ज भएका छन् ।
यतिबेला कूल २ हजार ५ सय ६८ जना देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा उपचारत छन् । हालसम्म पीसीआर विधिबाट कूल ८८ हजार ३ सय ६६ जनाको परीक्षण भएको र यतिबेला १ लाख ६६ हजार ७ सय ६५ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेको जानकारी समेत डा. देवकोटाले दिएका छन् । काेराेनाभाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या समेत ११ जना पुगेकाे छ ।
भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/701629930675882/