नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ३४४८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जनामा कोभिड– १९ को पुष्टि भएसँगै यो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालको आइतबारको नियमित मेडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २०९ पुरुष र ४ महिला गरी २१३ संक्रमितको पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालमा आइसोलेसनमा रहेकामध्ये यो २४ घन्टामा १०० पुरुष र २ महिला गरी थप १०२ जना निको भएर डिस्चार्ज भएका छन् । यो विवरणअनुसार नेपालमा कोभिड– १९ निको हुनेको कूल संख्या ४६७ पुगेको छ ।
भिडियोमा हेर्नोस् डा. देवकोटाको पूरै ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/653526788560195/