यतिबेला देशका पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव क्रियाशील छ । प्रदेश– ५ का केही भूभाग गण्डकी, बाग्मती, प्रदेश– २ र प्रदेश– १ का धेरैजसाे भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशभरका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनुका साथै प्रदेश– १, प्रदेश– २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण ती क्षेत्रहरुमा रहेका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैसँग अनुरोध गरेको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश– १, प्रदेश– २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ का धेरै स्थानहरुमा हल्कादेखि मध्ययमसम्म वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षाको सम्भावना छ । प्रदेश– १, प्रदेश– २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश– १, प्रदेश– २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ का धेरैजसो स्थानमा हल्कादेखि मध्ययमसम्म वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना छ । प्रदेश– १, प्रदेश– २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश– १, प्रदेश– २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ का केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना छ । प्रदेश– १, प्रदेश– २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश– १, प्रदेश– २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ का केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना छ । प्रदेश– १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।