newskoseli.Com

७,८४८ पुगे संक्रमित : बिहीबार थपिए ६७१, कूल डिस्चार्ज १,१८६, मृत्यु हुने २२ पुगे (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

बिहीबार पुष्टि गरिएकामध्ये ८० महिला र ५९१ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित मेडिया ब्रिफिङमा जानकारी दिएका हुन् । पछिल्ला संक्रमित भक्तपुर, डडलधुरा, कैलाली, कपिलवस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर, महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्याङजालगायत जिल्लाका रहेको प्रा.डा. गौतमले बताए ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये बिहीबारसम्म १,१८६ जना डिस्चार्ज भएको पनि प्रा.डा. गौतमले जानकारी दिएका छन् । नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पनि उनले बताए ।

मन्त्रालयका अनुसार गोदावरी– ४, कैलालीका ४६ वर्षीय पुरुष र लम्किचुहा– २, कैलालीकी ४३ वर्षिया महिलाको मृत्यु भएको हो । यी दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए । यो विवरणसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २२ पुगेको छ ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/198262511423342/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर