newskoseli.Com

८६०५ पुगे संक्रमित : शनिबार थपिए ३३१, कूल डिस्चार्ज १५७८ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ८,६०५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार ६ सय नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार ७५६ महिला र ७८४९ पुरुष गरी हालसम्म नेपालमा ८,६०५ जनामा कोेभिड– १९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ४९ महिला र २८२ पुरुष गरी ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी प्रा.डा. गौतमले दिए ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा १७६ जना डिस्चार्ज भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा ७४१६ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म कूल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

यतिबेला देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा छन् भने ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म नेपालका ७७ मध्ये ७४ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ । रसुवा, ओखलढुङ्गा र मुस्ताङबाहेक सबै जिल्लामा सङ्क्रमण देखिइसकेको छ ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/265702571158813/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर