newskoseli.Com

पहिरोले पुरेका ४ सवारीसहित ४ मृतकको पुष्टि

पाल्पास्थित तानसेन–गुल्मी सडकखण्डअन्तर्गत तानसेन नगरपालिका– ११, सम्मोबारीमा सोमबार अपराह्न ४ वटा सवारी सधान पुरिने गरी गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । पहिरोबाट सोमबार ३ र मंगलबार १ गरी ४ शव फेला परिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्धारका लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले मंगलबार शिवसतासी नगरपालिका– ८, झिलेझिले, झापाका १८ वर्षीय कुमार तामाङको शव पहिरोबाट निकालेका हुन् । सोमबार घटनास्थलमै दुई जनाको र युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

सोमबारका मृतकहरुमा रिब्दीकोट गाउँपालिका– २, देउराली, पाल्पाका ३२ वर्षीय भुवन खाम्चा, पाँचखाल नगरपालिका– ८, हुम्के बजार, काभ्रेका निवेश श्रेष्ठ र भरतपुर महानगरपालिका– २९, बाङ्गेसाल, चितवनका २३ वर्षीय वीरबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताएका छन् ।

मृतक सबै गुल्मीस्थित एक निर्माण कम्पनीका कामदार हुन् । पहिरोबाट पुरिएको अवस्थामा ४ वटा सवारी साधन निकालिएका छन् । लु १ क १९२८ नम्बरको ट्रयाक्टर, लु २ ख १३७६ नम्बरको ट्रक, लु १ च ७०४३ नम्बरको बलेरो र लु १ च ७०११ नम्बरको कार पुरिएको अवस्थामा फेला परेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर