सत्ताधारी नेकपाको स्थायी कमिटी प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । यसअघि लामो समयसम्म स्थगित गरिँदै आएको स्थायी कमिटीको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य राख्ने र अरु कार्यसूचीमा छलफल गरिने एजेन्डा तय भएको छ ।
सरकारका काम–कारबाही, पार्टी एकताका बाँकी काम, एमसीसी र विविध गरी ५ वटा कार्यसूचीमा बैठकले छलफल गरी निर्णय लिने बताइएको छ ।