newskoseli.Com

चट्याङ लागेर एकाबिहानै ४ जनाको मृत्यु

वर्षासँगै बिहीबार बिहान परेको चट्याङ्बाट सप्तरीमा चार जनाको ज्यान गएको खबर छ । प्रहरीले जनाएअनुसार सप्तारीका बेग्लाबेग्लै तीन ठाउँमा गरी चार जनाको मृत्यु भएको हो ।

चट्याङबाट महदेवा गाउँपालिकामा दुई मा जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जना गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।

६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेवी यादव र ४६ वर्षीय केसी साहको चट्याङ् लागेर ज्यान गएको प्रवक्ता भारतीले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर